Monday, July 14, 2014

कस्को पक्षको, पर्नु भो नि हजुर

कस्को पक्षको, पर्नु भो नि हजुर
एक्कासी यता सर्नु भो नि हजुर

माहोल यस्तो हुँदै, गयो भने त 
डाडुमा पानी, मर्नु भो नि हजुर

डाडुपन्यूँ आफ्नो हातां भाको बेला
भकारी आफ्नो, भर्नु भो नि हजुर

हिजो सम्म माथि, माथि आकाशमा
लौ न नि के भो, झर्नु भो नि हजुर

घरले जा, बनले अाऊ भन्दा
पुग्यो! बैतर्णी, तर्नु भो नि हजुर ??

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...