Wednesday, July 9, 2014

कबिता म जिउँदो छु

कबिता

म जिउँदो छु र त लेख्दै छु। 

समेट्दै जिवित अभिलाषाहरु,
मेट्दै छु अक्षरले निराशाहरु,
मरेकाहरु सँग के गर्नु आशाहरु
कम से कम जिवित छु म,
ब्युँताउन खोज्दैछु म मान्छेहरु 
म जिउँदो छु र त लेख्दै छु।

ए मरेकाहरु पनि उठ!
मरेको नाटक गर्ने पनि उठ
अझै केही प्रहरहरु बाँच 
आउ मिलेर बांचौ,
फ्याकेर सबै निराशाहरु
सजिलो छैन बाँच्न यहाँ
सारा अभिमानहरु थांती राखेर
स्वाभिमानहरुको गला थिचेर
बाँच्नु पर्छ, सक्छौ भने उठ।

हेर मैले नाटक गरेको छैन,
नपत्याय चिमोट मलाई,
हो म मरेर बाँचेको छु
बांचेर मरेको छु, तर
तर म जिवित छु अझै
म जिउँदो छु र त लेख्दै छु।





 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...