Monday, July 28, 2014

बनाउलान त कानुन?


बनाउलान त कानुन?
---------------

पुगेन र चाहियो मात्र, भन्न थालेपछि
सुबिधा र तलब भत्ता, गन्न थालेपछि

बिर्सने पो हुन् कि अब, कर्तब्यका पाठ 
घरको आँगनमा भँड्खालो,खन्न थालेपछि

धर्म,जात र एकलको, बिऊ छर्यौ हिजो
अहिले बिरोध´को आगो,बल्न थालेपछि

तिम्रा उपाचार बैंकक, अमेरिका हुन्छ  
सिटामोल छैन स्वदेश, जल्न थालेपछि 

खाडी रेगिस्तानमा जिउदा युवा जल्छन्
नुन नपाई पश्चिमेली, गल्न थालेपछि

बनाउलान त कानुन? छ सय एक ले
प्रभुको नै पाउ सदैब, मल्न थालेपछि

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...