Saturday, July 19, 2014

गजल शंका

मधुमासका प्रहरहरु, भुलेकि त छैनौ
यादहरुको रनबनमा, डुलेकि त छैनौ

तिमी गयौ बषन्त गयो भन्थ्यौ परार सम्म
पराईको अंगालोमा सानु, फुलेकि त छैनौ

जवानीमा मुना छाडि लाग्यो मदन बिदेश
प्यास बुझाउन मधुशाला, झुलेकि त छैनौ

अतिथी देवो भब: तिमिले हाम्ले पढेकै हो
नकाबधारी पाहुना साँझ, हुलेकि त छैनौ

आग्लो चुकुल छेस्किनी राम्रो सँग लगाउ काली
छाड्देउ बरु सोर्ह सृङ्गार, खुलेकि त छैनौ ?

 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...