Sunday, July 13, 2014

गजल हात्ती जस्तो, दारा

गजल 

गल्ली र चौबाटोमा सस्तो नारा देखिदैछ 
स्यालहरुको हात्ती जस्तो, दारा देखिदैछ 

चिल्ला मोटर चढी सुकुम्बासी भेट्न जाने 
अंगालोमा छुरी धस्ने कस्तो पारा देखिदैछ 

रानो धेरै, रनभूल्ल, घारका मौरीहरु 
रानो पिच्छे फरक त्यस्तो, धारा देखिदैछ 

मध्य असारको देख्नु भो´नी यो गाईजात्रा 
हलो हैन धारको उस्तो, आरा देखिदैछ 

गल्ली र चौबाटोमा सस्तो नारा देखिदैछ 
स्यालहरुको हात्ती जस्तो, दारा देखिदैछ

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...