Thursday, July 24, 2014

मेरो स्वतन्त्रता

तुच्छ छैन म, बर्जित हुनु छैन
त्यसैले, पून निर्मित हुनु छैन

मन्दिर होस् कि मस्जित खुशी छु
टाङ्गे घोडा झै समर्पित हुनु छैन

डुकु लट्ठक हुँला कसैको नजरमा
स्वतन्त्र छु दिग्भर्मित हुनु छैन

जुन तारा खसालेको छैन, अझै
र त ऊ जस्तै सर्मित हुनु छैन

म जे छु आफ्नुलागि पूर्ण छु आज
लामो छ यात्रा, गर्बित हुनु छैन !!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...