Sunday, July 20, 2014

गजल (देशको नाउँमा)

झुटको सहारामा, सत्य नलुक्दो रै´छ
बुटको निशानामा, शिर नझुक्दो रै´छ

बलिदान भए जो, जो स्वदेशको निम्ती
सहिदको नशामा, रक्त नसुक्दो रै´छ

निको नहोलान् है, पर-चक्रिका घाऊ
रगत र पसिना, यहाँ नपुग्दो रै´छ

देशले रगत मागे, रेटिने गला छ
रेट्दा तरबारले, घाऊ नदुख्दो रै´छ

झुटको सहारामा, सत्य नलुक्दो रै´छ
बुटको निशानामा, शिर नझुक्दो रै´छ


 




 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...