Sunday, July 20, 2014

के कस्तो बन्यो? गजल कि फजल

माया भन्दै धरधरी रुवायौ
बाचा भन्दै मनपरी खुवायौ

कहिल्यै नदुख्ने यो छाती मेरो
बाबा भन्दै चरचरी दुखायौ 

विश्वाश कतै रहेन आखिर
तामा भन्दै घरघरी छुवायौ

निभेको आगोमा तेल खन्याई
तारा भन्दै वरपरी धुवांयौ

धुर्मैलो थियो जो सम्बन्ध हाम्रो
राजा भन्दै सरसरी तुवायौ

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...