Sunday, July 20, 2014

के कस्तो बन्यो? गजल कि फजल

माया भन्दै धरधरी रुवायौ
बाचा भन्दै मनपरी खुवायौ

कहिल्यै नदुख्ने यो छाती मेरो
बाबा भन्दै चरचरी दुखायौ 

विश्वाश कतै रहेन आखिर
तामा भन्दै घरघरी छुवायौ

निभेको आगोमा तेल खन्याई
तारा भन्दै वरपरी धुवांयौ

धुर्मैलो थियो जो सम्बन्ध हाम्रो
राजा भन्दै सरसरी तुवायौ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...