Tuesday, July 29, 2014

गाई काटेर सलामी, छुनु छैन मलाई

गजल
------
भोभो देशको मलामी, हुनु छैन मलाई
गाई काटेर सलामी, छुनु छैन मलाई

लुम्बिनी सुस्ता मेरै हुन्,धोकामा किन बस्छौ
जरा उखेली कलामी,धुनु छैन मलाई 

टिस्टा र कांगडा हैन भएको जोगाउनु
भोलि भएर गुलामी, रुनु छैन मलाई

नालापानीमा लडेका, वीर सपुत मेरा 
चढाउँछु म सलामी, भुल्नु छैन मलाई 

नचलाऊ हुकुमत,कुर्चिका पूजारी हो
भोभो देशको मलामी, हुनु छैन मलाई

---------------------------------
सलामी= तोप पड्काएर दिइने सलाम
सलामी=मासु पेलेर बनाइेको,अङ्रेजीबाट आगन्तुक शब्द
कलामी=कलमी हाङ्गा काटेर या छान्टेर सारीएको फलफुलको बिरुवा

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...