Tuesday, July 29, 2014

गाई काटेर सलामी, छुनु छैन मलाई

गजल
------
भोभो देशको मलामी, हुनु छैन मलाई
गाई काटेर सलामी, छुनु छैन मलाई

लुम्बिनी सुस्ता मेरै हुन्,धोकामा किन बस्छौ
जरा उखेली कलामी,धुनु छैन मलाई 

टिस्टा र कांगडा हैन भएको जोगाउनु
भोलि भएर गुलामी, रुनु छैन मलाई

नालापानीमा लडेका, वीर सपुत मेरा 
चढाउँछु म सलामी, भुल्नु छैन मलाई 

नचलाऊ हुकुमत,कुर्चिका पूजारी हो
भोभो देशको मलामी, हुनु छैन मलाई

---------------------------------
सलामी= तोप पड्काएर दिइने सलाम
सलामी=मासु पेलेर बनाइेको,अङ्रेजीबाट आगन्तुक शब्द
कलामी=कलमी हाङ्गा काटेर या छान्टेर सारीएको फलफुलको बिरुवा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...