Thursday, July 31, 2014

भुलायो कसैले

दिलै भित्र राखी भुलायो कसैले न सोधी मलाई जलायो कसैले परेली झिम्काई मनैको कुनामा न बोली न बोली डुलायो कसैले जसोरी तसोरी बिर्सेंको उहील्यै पछाडी हुलै मा बुलायो कसैले नसोधे हुने नी जमाना खराबी भक्कानो छुटाई रुलायो कसैले तिरैको निशाना चलाए मज्जैले नफूल्ने गुलाब फुलायो कसैले !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...