Thursday, July 31, 2014

भुलायो कसैले

दिलै भित्र राखी भुलायो कसैले न सोधी मलाई जलायो कसैले परेली झिम्काई मनैको कुनामा न बोली न बोली डुलायो कसैले जसोरी तसोरी बिर्सेंको उहील्यै पछाडी हुलै मा बुलायो कसैले नसोधे हुने नी जमाना खराबी भक्कानो छुटाई रुलायो कसैले तिरैको निशाना चलाए मज्जैले नफूल्ने गुलाब फुलायो कसैले !

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...