
छाया बग्ने लहरमा नबगेरै कता गयौ
अन्तै जाने पुतलीको हुललाई किन सोधुँ
माया खस्ने बगरमा नखसेरै कता गयौ
पापा पनि चिचि पनि किन होर सधैं भरी
तारा खस्ने प्रहरमा नसहेरै कता गयौ
एक्लै एक्लै बाच्नु पर्दा तिमी भने टाढा जाने
बाचा कस्ने रहरमा नभनेरै कता गयौ
जिन्दगीको भरोशामा तिम्रो हात थाम्न खोज्दा
बाबा हस्ने डगरमा नरहेरै कता गयौ ??
No comments:
Post a Comment