Monday, July 21, 2014

गजल - नफुक न बेकार आगो

(नफुक न बेकार आगो, बिन्ती आफन्तको)

जलाउन जान्यौ साथी, कहिले निभायौ र
तेल थप्छौ आगो माथि कहिले निभायौ र ?

जोत्न भन्दा किन हलो अड्काउन सिक्यौ   
रांको बोकी राती राती, कहिले निभायौ र ?

सधैं भन्छौ क्रान्तिक्रान्ति कसको लागि अब
जल्दा देश बन्यौ घाती, कहिले निभायौ र ?

कस्तो क्रोध कस्तो रिश हो आगै फुक्नुपर्ने
बल्दा तिम्रो हाम्रो छाती, कहिले निभायौ र ?

जलाउन जान्यौ साथी, कहिले निभायौ र
तेल थप्छौ आगो माथि कहिले निभायौ र ?

2 comments:

  1. सबै राम्रो अनि राम्रो खोट लगाउने ठाउँ छैन
    लेख्दै जानू जानू लेख्दै दोष दिने ठाउँ छैन

    ReplyDelete

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...