Friday, July 25, 2014

गीत पानी पर्‍यो

,.,.,.,.,.,
रिमझिम रिमझिम पानी पर्‍यो 
बर्षायाममा भिजने बानी पर्‍यो 

जसलाई सम्झेर यो गीत गाएँ 
हो´नी ऊ मेरो मनको रानी पर्‍यो 

ख्याल होइन दिल बसेछ मेरो 
आखिर मन मायाको खानी पर्‍यो 

सिमसिम सिमसिम पानी पर्‍यो 
भुली नसक्नु आँखाको नानी पर्‍यो 

रिमझिम रिमझिम पानी पर्‍यो 
बर्षायाममा भिजने बानी पर्‍यो !!!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...