Friday, July 25, 2014

गीत पानी पर्‍यो

,.,.,.,.,.,
रिमझिम रिमझिम पानी पर्‍यो 
बर्षायाममा भिजने बानी पर्‍यो 

जसलाई सम्झेर यो गीत गाएँ 
हो´नी ऊ मेरो मनको रानी पर्‍यो 

ख्याल होइन दिल बसेछ मेरो 
आखिर मन मायाको खानी पर्‍यो 

सिमसिम सिमसिम पानी पर्‍यो 
भुली नसक्नु आँखाको नानी पर्‍यो 

रिमझिम रिमझिम पानी पर्‍यो 
बर्षायाममा भिजने बानी पर्‍यो !!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...