Sunday, July 13, 2014

एकताका कुरा

कहिले आम एकताका कुरा 
अहिले बाम एकताका कुरा 
हुनसक्ला कि नसक्ला देशमा 
रावण राम एकताका कुरा ??

सुन्दैछु आजभोलि देशमा खै 
मिलेमा दाम एकताका कुरा 
पोल्टोमा केही पार्न सके यहाँ 
जमिन घाम एकताका कुरा??

तथानाम र बदनाम कतै 
मैदान धाम एकताका कुरा
हुनसक्ला कि नसक्ला देशमा 
रावण राम एकताका कुरा ??

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...