Tuesday, July 22, 2014

गजल-जात ढल्यो सुस्त सुस्त

पिरतीको बगानमा मात चल्यो सुस्त सुस्त
जवानीको उमङमा पात हल्यो सुस्त सुस्त

कांडेतार बेरे पनि उम्की जाने बैन्श कस्तो
बैन्शालुको तरङमा रात जल्यो सुस्त सुस्त

एक्लै हुँदा सपनीमा बर्बराको हिजो अस्ती
भेटहाम्रो पहिलो´त्यो बात बन्यो सुस्त सुस्त

दुनियाँको परबाह कस्को कस्ले लिने अब
परम्परा तोढिदैछ जात ढल्यो सुस्त सुस्त

पिरतीको बगानमा मात चल्यो सुस्त सुस्त
जवानीको उमङमा पात हल्यो सुस्त सुस्त

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...