Friday, July 18, 2014

गजल म धुलो यहाँ, तिमी त्यो जून

तिमी लाई खै, भुलुँ कसोरी एक्लै एक्लै छु, डुलुँ कसोरी

नशामा सधैं, बेहोशी छैन त्यसैले भन, झुलुँ कसोरी

लेखेर पनि, लेखिसाध्य काँ धेरै छ भन्नु, खुलुँ कसोरी

कोपिला चुँड्यौ, बोटै निमोठी चाहना थियो, फूलुँ कसोरी

म धुलो यहाँ, तिमी त्यो जून आकाश धर्ती, छु´लुँ कसोरी ?

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...