Friday, July 18, 2014

गजल म धुलो यहाँ, तिमी त्यो जून

तिमी लाई खै, भुलुँ कसोरी एक्लै एक्लै छु, डुलुँ कसोरी

नशामा सधैं, बेहोशी छैन त्यसैले भन, झुलुँ कसोरी

लेखेर पनि, लेखिसाध्य काँ धेरै छ भन्नु, खुलुँ कसोरी

कोपिला चुँड्यौ, बोटै निमोठी चाहना थियो, फूलुँ कसोरी

म धुलो यहाँ, तिमी त्यो जून आकाश धर्ती, छु´लुँ कसोरी ?

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...