Friday, July 18, 2014

गजल नजलाउ, भो तारा लाई

सुकाउने बहानामा, नजलाउ, भो तारा लाई 
दोस केबल मेहन्दीलाई, थाहा भो सारा लाई 

साउनको नाममा लगाउ, चाहे प्रितम तिम्रो 
अटल ताल पनि रुवायौ, आज त्यो रारा लाई 

सृस्‍टि कै सुन्दर थियौ पहेंला बस्त्रमा त आज 
वाध्य गर्यौ भुल्न बालाजुका, बाउन्न धारा लाई 

आर्यघाट, देवघाट, बेनी र मन्दिरहरु मा 
सम्झेर आराध्य देव जीवन अभिभारा लाई

जाऊ है त बोल बम जप्दै शिवका नामहरु 
स्विकार गर दिदैछु आफन्तका सहारा लाई

सुकाउने बहानामा, नजलाउ, भो तारा लाई 
दोस केबल मेहन्दीलाई, थाहा भो सारा लाई !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...