Saturday, July 19, 2014

गजल ताल परिसक्यो

गजल 

तप्प मात्र? मेरो यहाँ, ताल परिसक्यो 
धुक धुकी बाँकी अझै, हाल मरिसक्यो !

को बैगुनी भयौं सोच,तिमी कि म हिजो
मैले बिर्सें तिमी बिर्स, गाल टरिसक्यो !

दुबै मिली सजाउला, हाम्रो सानो घर 
बरु छिट्टै फर्कि अाऊ, आल हरिसक्यो !

सियो भन्दा तिखो रै´छ सम्झनाको तीर 
डसी राख्छ तरपनि, काल सरिसक्यो !

¨शान्ति¨ छैन यताउता,पिडा बाँकी रह्यो 
¨आफन्त¨को परेलिमा, ताल परिसक्यो

 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...