Saturday, July 19, 2014

गजल ताल परिसक्यो

गजल 

तप्प मात्र? मेरो यहाँ, ताल परिसक्यो 
धुक धुकी बाँकी अझै, हाल मरिसक्यो !

को बैगुनी भयौं सोच,तिमी कि म हिजो
मैले बिर्सें तिमी बिर्स, गाल टरिसक्यो !

दुबै मिली सजाउला, हाम्रो सानो घर 
बरु छिट्टै फर्कि अाऊ, आल हरिसक्यो !

सियो भन्दा तिखो रै´छ सम्झनाको तीर 
डसी राख्छ तरपनि, काल सरिसक्यो !

¨शान्ति¨ छैन यताउता,पिडा बाँकी रह्यो 
¨आफन्त¨को परेलिमा, ताल परिसक्यो

 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...