Friday, July 25, 2014

गजल जुनेली मागिनौ

तिमीले जुनको जुनेली मागिनौ
किन हो सुनको उजेली मागिनौ

दिन्थेंनी सुर्यको धुर्मैलो ऊज्यालो
गित´यो मनको सुशेली मागिनौ

रमाई बनको पखेरा पाखामा  
फुल´नै गहको धुर्सेली मागिनौ

सुसाई बहने नदिका तालैमा
किन´नी गुंडको जुरेली मागिनौ

तिमीले जुनको जुनेली मागिनौ
किन हो सुनको उजेली मागिनौ

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...