Tuesday, July 29, 2014

गजलले सिकायो

अक्षरमा दुख लेख्न गजलले सिकायो
बगरमा सुख देख्न गजलले सिकायो

न´लयभो न´त सूर रहरले सिकायो
सुरजमा हिल छेप्न गजलले सिकायो

सगरका जून घाम टपक्कनै टिपे´नी
जिन्दगिका कस्ट खेप्न गजलले सिकायो

लुकिछिपी शब्द सँग मितरीपो लगाएं
प्रितमका रुप लेप्न गजलले सिकायो

तिथिमिती कुनै छैन डगरमा सिक्दैछु 
सडकमा वहि टेक्न गजलले सिकायो

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...