Tuesday, July 29, 2014

गजलले सिकायो

अक्षरमा दुख लेख्न गजलले सिकायो
बगरमा सुख देख्न गजलले सिकायो

न´लयभो न´त सूर रहरले सिकायो
सुरजमा हिल छेप्न गजलले सिकायो

सगरका जून घाम टपक्कनै टिपे´नी
जिन्दगिका कस्ट खेप्न गजलले सिकायो

लुकिछिपी शब्द सँग मितरीपो लगाएं
प्रितमका रुप लेप्न गजलले सिकायो

तिथिमिती कुनै छैन डगरमा सिक्दैछु 
सडकमा वहि टेक्न गजलले सिकायो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...