Friday, July 18, 2014

गुरुहरुलाई सलाम !

शब्दमा ज्योति खोज्नेहरु लाई सलाम 
गीतमा मोती रोज्नेहरु, लाई सलाम 

कलमको ताकत, सेता पन्नाहरुमा 
मसिमा क्रान्ति बांड्नेहरु लाई सलाम 

परिश्रमी बूँद ज्ञानु,मनु गोर्खे पोस्ट 
कोमल शान्ती सांच्नेहरु लाई सलाम 

अनायास अन्जलीमा, कबिता गजल 
अस्तित्व झन्डा गाड्नेहरु लाई सलाम 

हुसेन भिस्म एलबी,बिदुर र पूजा 
बिम्बमा भाब साट्नेहरु लाई सलाम 

किरण बिनोदी भण्डारी ईलामे सब
कमल शोभा बाट्नेहरु लाई सलाम 

पद्द्मा बराल स्विकार्नु मेरा यी सलाम 
विश्व आफन्त सोच्नेहरु लाई सलाम 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...