Tuesday, July 22, 2014

गजल ५+५

धुलो उड्यो रे बस्तिमा हिजो
कुलो फुट्यो रे बस्तिमा हिजो

माहा-राजाको सवारी थियो
लुलो उठ्यो रे बस्तिमा हिजो

असक्त थिए मालीहरु ति 
चुलो जुट्यो रे बस्तिमा हिजो

आएर गए के के फलाके
ठुलो गूड्यो रे बस्तिमा

बाचा टुट्यो रे सुन्दैछु आज
धुलो उड्यो रे बस्तिमा हिजो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...