Tuesday, July 22, 2014

गजल ५+५

धुलो उड्यो रे बस्तिमा हिजो
कुलो फुट्यो रे बस्तिमा हिजो

माहा-राजाको सवारी थियो
लुलो उठ्यो रे बस्तिमा हिजो

असक्त थिए मालीहरु ति 
चुलो जुट्यो रे बस्तिमा हिजो

आएर गए के के फलाके
ठुलो गूड्यो रे बस्तिमा

बाचा टुट्यो रे सुन्दैछु आज
धुलो उड्यो रे बस्तिमा हिजो

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...