Friday, July 18, 2014

गजल आज पहिरो जाने मेरै बनको पालो रै´छ

धन को रंग हैन मित्र मनको कालो रै´छ
आज पहिरो जाने मेरै बनको पालो रै´छ

अभागीको खप्पर जता लुके पनि ठक्कर
लाज छोप्न चाहिने यहि तनको खालो रै´छ




आज पहिरो जाने मेरै बनको पालो रै´छ.......

छन गेडी सबै मेरी साच्चै नै भन्या रैछन्
मरीलाने घाट सम्म एकै फन्को टालो रै´छ

मन्दिरको प्रांगणमा झुण्ड्याएको घण्टी हेर्नु
बजाउन नसकिने, वजनको रालो रै´छ

कर्म गर्न नपाउँदा, शरमले खाँदो रहेछ
इस्टमित्र आफन्त´नी त्यै धनको जालो रै´छ

आज पहिरो जाने मेरै बनको पालो रै´छ ......

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...