Monday, July 14, 2014

गजल सढें जस्तो लाग्छ

अघि भन्दा पछी, बढें जस्तो लाग्छ
पाक्दा पाक्दै खुदो डढें जस्तो लाग्छ

सह-यात्री बिना,  लामो यात्रा तय
दोबाटो मा आज अढें जस्तो लाग्छ

शिख रमा पुग्छु, भन्दा भन्दै पनि
नशा होकी केहो, चढेँ जस्तो लाग्छ

आफ्नै जिन्दगीका, पुराना किताब
राती अन्धेरोमा, पढेँ जस्तो लाग्छ

भरोषा ठेगान, छैन ¨आफन्त¨को
बिदेशमा आज, सढें जस्तो लाग्छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...