Tuesday, July 22, 2014

गजल - अरे, हो र भन्या

भित्र भित्र, मेरै कुरा, गर्छ्यौ अरे, हो र भन्या
भरी गाग्रो, फेरी पनि, भर्छ्यौ अरे, हो र भन्या

भेट हुँदा, लजाउने, कस्ती केटी, हौ´ली भन्थेँ
झुल्के घाम, देउराली, झर्छ्यौ अरे, हो र भन्या

भेट्न आऊ, त्यसो भए, कुरी बस्छु, चौतारीमा
टोलाउँदै, अल्लमल्ल, पर्छ्यौ अरे, हो र भन्या

किताबमा, मेरो फोटो, लुकाएर, राखेकी छ्यौ ?
मेरै निम्ती, कोठा छिट्टै, सर्छ्यौ अरे, हो र भन्या

अब भने, आफन्तले, विश्वाश´यो, मान्छ मान्छ
हैन भने, बिष पिई, मर्छ्यौ अरे, हो र भन्या ?????

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...