Tuesday, July 22, 2014

गजल - अरे, हो र भन्या

भित्र भित्र, मेरै कुरा, गर्छ्यौ अरे, हो र भन्या
भरी गाग्रो, फेरी पनि, भर्छ्यौ अरे, हो र भन्या

भेट हुँदा, लजाउने, कस्ती केटी, हौ´ली भन्थेँ
झुल्के घाम, देउराली, झर्छ्यौ अरे, हो र भन्या

भेट्न आऊ, त्यसो भए, कुरी बस्छु, चौतारीमा
टोलाउँदै, अल्लमल्ल, पर्छ्यौ अरे, हो र भन्या

किताबमा, मेरो फोटो, लुकाएर, राखेकी छ्यौ ?
मेरै निम्ती, कोठा छिट्टै, सर्छ्यौ अरे, हो र भन्या

अब भने, आफन्तले, विश्वाश´यो, मान्छ मान्छ
हैन भने, बिष पिई, मर्छ्यौ अरे, हो र भन्या ?????

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...