Saturday, July 19, 2014

सुन्दैछु कोहलपुर तिम्रो, शहर बनिसक्यो

नगर भो तालको कुरा, सागर बनिसक्यो 
रुँदारुँदा जिन्दगी नै यो, बगर बनिसक्यो

भन, तिमी डुब्नु म डुब्नु, एउटै भएन र?
तिखातिखा तिम्रा बचन, जहर बनिसक्यो

तिमीले पहिले बाटो मोड्यौ बिर्स्यौ कि सानु? 
धेरै छैन आउँछु भेट्न, रहर बनिसक्यो

पहिले जाँदा सुदुर पश्चिम खाजा खाएको
सुन्दैछु कोहलपुर तिम्रो, शहर बनिसक्यो

पहिले जस्तै छ्यौ कि¨शान्ति¨बदलियौ तिमी?
¨आफन्त¨लाई देख्ने भेट्ने, लहर बनिसक्यो  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...