Tuesday, July 29, 2014

गजल तलाउन खोज्छु हजुर

हत्केलामा सागर,तलाउन खोज्छु हजुर
बेहोशिमा संसार, जलाउन खोज्छु हजुर

ढुंगामाथि बिऊ रोपी केको आशा गर्दै छु´म
तस्बिर ति´नयन, चलाऊन खोज्छु हजुर 

बाँचने रहर´ती, मरेका त पक्कै छैनन
अर्धचेत नुन् छरी, गलाउन खोज्छु हजुर 

पाखुरीमा तुजुक, नभएर के भो मलाई
सामुन्यका पर्वत, ढलाउन खोज्छु हजुर

बोल्दिनौ अमूक´छौ,तस्बिर मै बोलाई राख्छु 
¨श्री¨लाई आँफै सँग,छलाउन खोज्छु हजुर

आँफै सँग आँफैलाई छलाउन खोज्छु हजुर
तलाउन खोज्छु हजुर  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...