Tuesday, July 29, 2014

गजल काली काली आज

मनको मझेरी खाली खाली आज
दिलमा बसेकी काली काली आज

सुटुक्कै पसेरै छाती भित्रै घाउ
भमरा उडेको डाली डाली आज

जुनको उजेली मीठो मीठो याद
किनहो झरेकी आली आली आज

पिरती कसोरी गास्ने होला सानु
सुस्तरी तरेकी चाली चाली आज

सिउदो तिम्रो´नी खाली खाली आज
मनको मझेरी खाली खाली आज

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...