Tuesday, July 29, 2014

गजल काली काली आज

मनको मझेरी खाली खाली आज
दिलमा बसेकी काली काली आज

सुटुक्कै पसेरै छाती भित्रै घाउ
भमरा उडेको डाली डाली आज

जुनको उजेली मीठो मीठो याद
किनहो झरेकी आली आली आज

पिरती कसोरी गास्ने होला सानु
सुस्तरी तरेकी चाली चाली आज

सिउदो तिम्रो´नी खाली खाली आज
मनको मझेरी खाली खाली आज

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...