Wednesday, July 2, 2014

गजल मन्सिएको बोको भएं

डोको बोक्न मन लागेन, बिदेशको भोको भएं
अस्टमीको काल-रात्रीमा, मन्सिएको बोको भएं

कहिले बिस्फोट कहिले अपहरण के भन्नु र
त्रासै त्रासको शहरमा, रहस्यको पोको भएं

मरुभूमिको बालुवामा, पसिनाको मोल छैन
पानी माग्दा पिसाब दिने हरामीको ठोको भएं

रहर हो कि बाध्यता कुन्नी प्रवासी कर्म मेरो
आगो ताप्न जलाउने त्यै, भत्किएको ढोको भएं

लक्ष्मीको मन्दिर खोज्दै शैतानको यो गुफाभित्र
आफन्त लाई झुन्ड्याउने, सुर्किएको झोको भएं

.-.-.-.--------.-.-.-.-.-.-.-.

ठोको:ठोक्नु कृयाको आदेश जनाउने वा हिन्दी भाषामा आक्रमण भन्दा प्रयोग हुने
झोको: नेपाली बोलचालको भाषामा झोका,कपडा,मकैको झोली झुन्डाउन बनाइने डोरिको  

1 comment:

  1. बहुतै कर्ण पृय सब्द्ले सजेको गजल छ भाइ

    ReplyDelete

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...