Monday, July 21, 2014

गजल- कुरा मात्र होइन सानु, बसाइँ सर्दै छु म

कुरा मात्र होइन सानु, बसाइँ सर्दै छु म
तिम्रै लागि कोहोलपुरको यात्रा गर्दै छु म

ठिकै भन्यौ यादहरु बल्झियरै होकी कुन्नी 
देउराली र भञ्ज्याङ काटी तल झर्दै छु म 

गल्ती भए माफि देउ है, अब दोहोरिन्नन् 
अतितमा जे जस्तो भयो शरण पर्दै छु म 

दुबो माला जरी गाँसी ल्याउँछु मंसिर सम्म 
खोलि सजाई डोली सजाई पुष्प छर्दै छु म 

एक मुटु दुइटा धड्कन् भन कहिले सम्म 
आफन्तको शान्ती खोज्दै खोली तर्दै छु म 

.........
खोलि - घर 
खोली - सानी नदी

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...