Tuesday, July 29, 2014

गजल साउन आयो गयो


गजल
साउन आयो गयो, मन पलाएन
डंढेलो´ले खाएको, बन पलाएन !

सम्झना बिर्सनाले रुवाएको छाती
झ्याँगिन्छ कि भनेको, झन पलाएन !

हिउँद बर्षा कैयौं, बिते बिदेशमा
आशै आशमा सुक्यो,तन पलाएन !

भिडमा पनि एक्लै,हुन्छु आजभोलि
बिझा´उने ए´कांन्की, पन पलाएन !

ढुङ्गामा पनि लेउ पलाउछ भन्थे
कर्म´ले मात्र यहाँ,धन पलाएन !

  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...