Tuesday, July 29, 2014

गजल साउन आयो गयो


गजल
साउन आयो गयो, मन पलाएन
डंढेलो´ले खाएको, बन पलाएन !

सम्झना बिर्सनाले रुवाएको छाती
झ्याँगिन्छ कि भनेको, झन पलाएन !

हिउँद बर्षा कैयौं, बिते बिदेशमा
आशै आशमा सुक्यो,तन पलाएन !

भिडमा पनि एक्लै,हुन्छु आजभोलि
बिझा´उने ए´कांन्की, पन पलाएन !

ढुङ्गामा पनि लेउ पलाउछ भन्थे
कर्म´ले मात्र यहाँ,धन पलाएन !

  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...