Saturday, July 26, 2014

बहको माला

कसको लागि, बाँच्नु छ अब 
कसको लागि, हाँस्नु छ अब

मनको थैलो, मैल्यो रहर  
कसको लागि,  साँच्नु छ अब

जसले हेर्यो,  सानु कम्मर 
कसको लागि, भाँच्नु छ अब

जसरी नाचें, हिजो सम्म त
कसको लागि, नाँच्नु छ अब  

बह´को माला, लुटेर गए
कसको लागि, गाँस्नु छ अब



No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...