Tuesday, July 29, 2014

गजल बदमासी छु अझै

धित मर्दैन मायाको, प्यासी छु अझै
झुट बोल्दिन तिम्रो´नै दासी छु अझै  

नरोक सदैब गाडी यो जिन्दगी´को 
देउ ईशारा मात्र, खलासी छु अझै

पहिलो प्रेम म तिम्रो भुल्यौ? सपना
पुरो छाडेकी थियौ जो बासी छु अझै

भुलेको छैन, सारा हर्कत ति तिम्रा 
तिम्रा लागि उस्तै बदमासी छु अझै

भाग्य मेरो हो दोश दिन्न तिमीलाई
¨आफन्त¨ हुँँ तर अबजसी छु अझै

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...