Tuesday, July 29, 2014

गजल बदमासी छु अझै

धित मर्दैन मायाको, प्यासी छु अझै
झुट बोल्दिन तिम्रो´नै दासी छु अझै  

नरोक सदैब गाडी यो जिन्दगी´को 
देउ ईशारा मात्र, खलासी छु अझै

पहिलो प्रेम म तिम्रो भुल्यौ? सपना
पुरो छाडेकी थियौ जो बासी छु अझै

भुलेको छैन, सारा हर्कत ति तिम्रा 
तिम्रा लागि उस्तै बदमासी छु अझै

भाग्य मेरो हो दोश दिन्न तिमीलाई
¨आफन्त¨ हुँँ तर अबजसी छु अझै

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...