Wednesday, July 9, 2014

गजल ओली फरक लाग्छन्

नेपालमा नेपालका बाम एकता र एमाले महाधिबेशन सन्दर्भमा

गजल

एउटै बाद एउटै झन्डा, बोली फरक लाग्छन्
सबले बोक्ने अलग डण्डा गोली फरक लाग्छन्

एकताको माला जप्छन् गुटै गुटको नारा बेग्लै
झुटै झुटमा यो अंशबण्डा टोली फरक लाग्छन्

कुर्ची मोह सत्ता मोह उद्धन्डताको त सिमा छैन
मानब हुन् कि मुण्ड चण्ड झोली फरक लाग्छन्

ओठमा लाउने चिल्लो छैन, ढसर पार्ने पुवा
भबिस्य हैन हेर्नु प्रचन्ड भोली फरक लाग्छन्

कोही भन्छन् नेपाल हाम्रो है, खनाल फेरि पनि
उखान र टुक्कामा प्रखण्ड ओली फरक लाग्छन्

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...