Tuesday, July 22, 2014

२ गजल शुत्रमा कोशीस



२ गजल शुत्रमा कोशीस

४ # २

दुखेको छ मन मेरो
सुकेको छ तन मेरो

देखिदैन आसुँ आज 
लुकेको छ झन मेरो

शिर दुख्छ छटपटी
लुटेको छ धन मेरो

स्वाबलम्बी भन्दाभन्दै 
झुकेको छ पन मेरो

हात देउ माथि बाट
छुटेको छ जन मेरो

-.-.-.-.-.-.-.
५ + ५
नदेखे जस्तो गरेर गयौ
बिषालु आँखा तरेर गयौ

नहुनु थियो भएरै छाड्यो
पवित्र प्रेम मारेर गयौ

भरोषा टुट्यो दुनियाँ माथि 
थियो´र बन चरेर गयौ

शिरमा चढ्यौ टेकेर छाती
मुटुमा ओर्ली झरेर गयौ

आउंछु भनी सायदै होला
सिमा´मा नुन छरेर गयौ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...