Wednesday, July 23, 2014

गजल- तिमी बिनै जिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई

अर्कै सँग थिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई
मस्तै सँग पिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई ?

कान छामे हुन्थ्यो पहिला कागकै पछी दौड्यौ
छाती मेरो सिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई ?

तिम्रो नाम बन्दकी´मा, दि´सकेको मुटु मेरो  
अर्की लाई दिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई ?

न त एता आयौ तिमी न त मलाई नै डाक्यौ
सार्है दुब्लो खिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई ?

काली पूर्व कालु पश्चिम, के गर्ने खेलै यस्तो
तिमी बिनै जिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई ?

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...