Friday, August 1, 2014

रमाइलो,,चलन छ

आगो निभ्यो यो छातीमा चर्कने जलन छ
मध्यरातमा घ्यू तेल छर्कने चलन छ

मनसुन को पनि आखिर के भर भो र
बेमौषम कार्तिकमा दर्कने चलन छ

रहदा छंदा गेडी ती सबै आफ्नै लाग्छन
नहुंदा त रिस्तेदार तर्कने चलन छ

जन्मिदै तीन पाते रे आधुनिक भनौदा
अलमल्ल बाटो सोद्धा झर्कने चलन छ

उन्माद बैंश मातेको बेला देख्न पाईन्छ
बाटो काटेका को पनि फर्कने चलन छ 



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...