Thursday, August 14, 2014

म शिक्षक हुँं


म प्रेम हुँं,,, प्रकाश हुँं
किन कि
म एक शिक्षक हुँं
शिक्षाको बगानमा
माया रोप्छु,, स्नेह छर्छु
र फुलाउछु
ज्योतिका मुनाहरु।
म कबि होइन
कोरा कल्पनामा शब्दहरु छर्ने
म आँफै कबिता हुँं
उज्यालोको दिप शिखा जस्तै
आँफै जलेर उज्यालो छर्ने
अक्षरहरुका,,क ख ग
म शिक्षक हुँं
त्यसैले त म थाक्दिन
बोझ लाग्दैनन् मलाई
अपरिहार्य जीवनका किताबहरु
बन्दुक होइनन् मेरा
चक(खरी)म्याग्जिन होइनन् डस्टरहरु
मास्टर हुँं सिलाउने
गुरु हुँं म सिकाउने,

नसोध मलाई
कि तिमीले के सिकें भनेर
भन मैले के सिकाइन तिमीलाई,
म माली हुँं,,पाले हुँं
सिन्चित गर्छु चौकिदार गर्छु,
तिम्रा कोमल औलाहरुमा
कलम थाम्न सिकाउने
अभिभावक हुँं म,

म तिमी सँग रमाउने पुतली हुँं
किन कि तिमी मेरो बगानको फूल
कोमल छौ नरम छौ माटो जस्तै
त्यसैले त म कुमाले हुँं
आकार दिन्छु जीवनको
निराकार जिन्दगीमा,,
जुनाकिरी हुँं म तिम्रो
अन्धकारमा,पछ्याउ मलाई
अनन्त अनन्त
सत्यताको गोरेटाहरुमा
किन कि म शिक्षक हुँं

आधार दिन्छु तिमीलाई
तिम्रो सत्कार बटुल्दै
डोर्याउन चाहन्छु समातेर
असंख्य कलीला हातहरु
म जून हुँं, बुझ्यौ
बादल लाई छिचोल्दै निस्कने
तिमीहरु उषा हौ,,लाली हौ
किरण हौ,, ताप हौ,,
तिमीहरु मेरा बिद्यार्थी हौ
साथी हौ,,भाई हौ बहिनी हौ
म तिमीहरुको शिक्षक हुँं

शिक्षक आखिर
जिन्दगीको लक्ष्य हो मेरो
सिक्छु,,, सिकाउछु
पढाउछु पढ्छु आँफै पनि
म अझै बिद्ध्यार्थी हुँं
जिन्दगीको पाठशालामा,
किन कि सकिदैन
यो सिलसिला सिक्ने र सिकाउने को,,

म तिम्रो गुरु हुँं
तिमी मेरा अबोध मित्र,
थाहा छ तिमीलाई,
मैले कती धेरै सिके
तिमीलाई सिकाउँदा,,
त्यसैले तिमी मेरा मित्र हौ
म पनि तिम्रो मित्र हुँं,,

मेट्नु पर्छ रेखाहरु
जसले तिमी र म बिच
ध्रुविकरण गर्दैछ
पुर्नु पर्छ खाडलहरु
जहाँ हाम्रो र हामी बिचको
धरातल बिगारदै छ।

आउ हातेमालो गर्दै अघी बढौँ
यो मितब्ययिताको सिलसिला
सिकौं र सिकाऔं
म शिक्षक हुँं
तिमी मेरो मित्र !
-.-.-.-.-.-.-.-.-.-.
प्रेम प्रकाश पौडेल
प रामपुर चितवन 

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. आहा ! शिक्षकको वर्णन कति मिठो सँग गर्नु भएछ, प्रेम प्रकाशजी l
    शिक्षकहरू यस्तै त हुन्छन नि हगी ?
    -कोमल भट्ट (komalpbhatta@yahoo.com)
    पुरानो नैकाप,काठमाडौँ
    हाल:- न्युयोर्क

    ReplyDelete

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...