Wednesday, August 20, 2014

गजल पत्याउंदिन

आजभोलि अन्त कतै फुल्यौ अरे पत्याउंदिन
बेहोशि´मा जता ततै झुल्यौ अरे पत्याउंदिन 

अङ्गालो मेरो बिझायो कि नभनी उठी भाग्यौ 
कोठा चोटा छत छतै डुल्यौ अरे पत्याउंदिन

लजालु ति तिम्रा बानी मेरा लागि लाखौं थिए
बैरी सँग बिना सित्तै खुल्यौ अरे पत्याउंदिन

तिम्रै मन ढुक्ढुकिमा¨आफन्त¨को डेरा थियो
बाटो बिर्सि ऊतै ऊतै भुल्यौ अरे पत्याउंदिन

आजभोलि अन्त कतै फुल्यौ अरे  पत्याउंदिन 
बेहोशि´मा जता ततै झुल्यौ अरे पत्याउंदिन  !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...