Wednesday, August 13, 2014

गजल भुल्यौं कि

गजल भुल्यौं कि

सात समून्द्र पारी बाट आउन भुल्यौं कि
मेला पात रोधी घरमा गाउन भुल्यौं कि

सिंम्हमरमर मा चिप्लिएर चिम्नी हेर्दै
ओत लाग्ने छानो खरले छाउन भुल्यौं कि

च्वाइयँ रोटी बिर्सिएर दुरुम कबाबले
झिरले झिक्ने सेल रोटी दाउन भुल्यौं कि

खुर्पेटो र नाम्ली बोकी स्याउला बाख्रालाई 
घैला बोकी पानी पँधेरो धाउन भुल्यौं कि

सात समून्द्र पारी बाट आउन भुल्यौं कि
मेला पात रोधी घरमा गाउन भुल्यौं कि

.....,..,.,.,.,.

दाउन - दाउन् सेल रोटी बनाउदा पिठोमा मिसाइने घ्यू

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...