Thursday, August 21, 2014

लौ तिज आएछ!

आङ्गै चिलाउने तिज आएछ
ह्वाँग्गै सिलाउने तिज आएछ

नाच्दा नाच्दै स्या स्या स्या
के´हो बिलाउने तिज आएछ

न लट्टे न खिर बफे सिस्टम
टन्न खिलाउने तिज आएछ 

टुप्पिमा जुम्रा च्यातिएका झुम्रा
कस्तो मिलाउने तिज आएछ

छिर्किनी खेलने आँगन् छैनन्
प्याला पिलाउने तिज आएछ

(जस्तो देखें जस्तो सुनें)

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...