Thursday, August 14, 2014

केही हाइकु (झरी)


रुवायो अति
झरी नै बेईमानि
डुबायो सारा!

मायालु जस्तै
भए नि नभए नि
दुखायो मात्र!

त्रासै त्रासको
दिन र रातहरु
कस्तो बाध्यता!

खडेरी त्यस्तै
रुवाउने होड्बाजी
झरी आजको!

निस्कन्न भै´गो
बन्द कोठा बाट म
हाइकु साथी!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...