Tuesday, August 19, 2014

गजल

सकिन हो साथी सकिन छोड्नलाई सकिन
मधुशाला जाने त्यो बाटो मोड्नलाई सकिन !

सपना छरेको थिएं, सुसुप्त मै आशाहरु
टुसाउनै बिर्सिए की खै गोड्नलाई सकिन !

असंख्य कुरुती र रिती चाहेरै पनि मैले
कस्तो हो यो बाध्यता कुन्नी तोड्नलाई सकिन !

लुटेर चुटेर फुटेर गएका आफन्त ति
बोलाई बोलाई सम्बन्ध जोड्नलाई सकिन!

कसले भन्ने कठै यहाँ सबै उस्तै लाग्छन
माथिको तानेर आकाश ओढ्नलाई सकिन !
,.,.,.,.,.,.,.,.,.,
अगस्ट १९ मंगलबार २०१४
उर्देसिया पाइस भास्को स्पेन
११:३० बिहान
(भाइ रामु कंडेलको निवास)
 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...