Saturday, August 23, 2014

तिज

.....
मलाई दर खाने कर छैन
तिज मा नाचने रहर छैन ।

छ्ड्के तिलहरी र शिरफूल
के गर्ने पिउने, जहर छैन ।

बाजुरा सुर्खेत बाकेकी चेली
न´रोही रहेको, प्रहर छैन ।

शुनकोशिले बगाएन मलाई
जाने कहाँ कुनै शहर छैन ।

नगर्नु माइती तिजका कुरा
लिन आउने को लहर छैन ।

कहरले  भरिएको छाती´मा
तिज मा नाचने रहर छैन ।

मलाई दर खाने कर छैन !!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...