Saturday, August 16, 2014

गजल राहत पुगेन भन्छन्

बिमारी भयो सरकार ताकत पुगेन भन्छन्
पुग्नु पर्ने ठाउँमा अझै राहत पुगेन भन्छन्!

हेर ठुलाबढा पालैपालो जापान अनि बैंकक 
६०१ चाँही अझै पनि लागत पुगेन भन्छन्!

प्रशासन झनै असक्त छ बैसाखी भांचिएको
गोजी छाम्दै बुझ्नु न कागत पुगेन भन्छन्!

नेपाल टुक्र्याउनै पर्छ भन्दा ताली पिट्नेहरु
राष्ट्रले हामी लाई हेर्ने चाहत पुगेन भन्छन्!

बिमारी भयो सरकार ताकत पुगेन भन्छन्
पुग्नु पर्ने ठाउँमा अझै राहत पुगेन भन्छन्!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...