Thursday, August 21, 2014

कोशिस गजल

छन्द:- चाजिरिप (हिमाल) (६ अक्षरमा विश्राम)
कोशिस गजल
हाम्रा लहर जो, ति कता गए
राम्रा नजर जो, ति कता गए

उड्थ्यो गगनमा मन त्यो सधैं 
खूला सगर जो, ति कता गए

ढाक्यो पवन ले लहना सरि
मीठा खबर जो, ति कता गए

रोज्यौ पलकमा, सपना कती
भुल्यौ रहर जो, ति कता गए

मेरो अमन त्यो,कसरी कहाँ
लाली अधर जो, ति कता गए 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...