Saturday, August 23, 2014

गजल सवाल

नसोध मलाई आज, गीत लेख्न जरुरी थियो
थिएन झूट आँखामा, जीत देख्न जरुरी थियो

दुबै अन्तरमन मा, पाकी पाकी कसोरी बाच्ने
जो कालो थियो मनमा प्रित फेक्न जरुरी थियो

थपिंदै थिए पर्खाल, मेटिंदै थिए रेखाहरु
नादान हाम्रा पर्खाल, रित मेट्न जरुरी थियो

सागर भन्दा गहिरा, हुनु पर्ने तिनै सम्बन्ध
तैरिंदै थिए त्यसैले, मित थेग्न जरुरी थियो

फरक कदम चाल्यौ, नबुझी जरुरी थियो र
आखिर किन देखाई, हित भेट्न जरुरी थियो


मित - सम्बन्ध,साहिनो


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...