Saturday, August 9, 2014

कबिता ! उनी मेरी हुन्

उनी मेरी हुन्
हो, उनी मेरी हुन्
खुला गगनको छत्र छायामा
हुर्कदै छिन् , हुर्काउदै छु म
कुपोषण र निमोनियाले ग्रसित छिन्
औषधोपचारमा मग्न छु म,
ताप सेकले तङ्ग्राउदै छु म

हो उनी मेरो मनमा बस्छिन
मुटुमा राज गर्छिन
आँखामा बास बसेर
ओठ र सुस्केरा सङ्गै बग्छिन
शब्द शब्दमा रुन्छिन
देश परिबेश सँग भक्कानिन्छिन्

मेरी उनिलाई सृङ्गार मन पर्दैन
बिम्ब र भाब बाट टाढै बस्छिन
यथार्थता र वास्तविकता सँग
सिङ्गौरी खेल्छिन
स्पस्ट छिन् र रुखी छिन्

हो त्यसैले त उनी मेरी हुन,,
काडामा डौडिन्छिन परे
आशुमा पौडिन्छिन
क्रन्दन र आर्तनादमा
पछारिन्छिन् ,,उठ्छिन्
ताते ताते बामे सर्दैछिन्
सेता जीवनका पन्नाहरुमा
काला पाइतालाका डोब छाड्दै

म धेरै माया गर्छु
मेरी उनिलाई
म सँगै गुनगुनाउछिन
आबेग र इर्श्यामा
भुनभुनाउछिन पनि
तहस नहस हुँदा माहोल
क्रान्ति खोज्छिन्
शान्तिको दिप बाल्छिन्

हो उनी म सँग नै छिन्
तर एक्ली छिन् भाबुक छिन्
पलपल मुर्छित हुन्छिन्
नदेखिने पिडा लुकेको छ क्यार
उनको मन मुटुमा
असंख्य धर्साहरु कोरिएका छन्
कमजोर छातीमा,

पृथक छिन् अरु भन्दा धेरै
त्यसैले त उनी मेरी हुन
म उनलाई चाहन्छु
उनलाई नै ब्यक्त गर्न चाहन्छु
उनी सँगै पोखिन चाहन्छु
आरोह अबरोह छिचोल्दै बग्न चाहन्छु,,

हो उनी मेरो साथी हुन
प्रियशी हुन,,जीवन हुन
उनी मेरी फूल होइन
बगान हुन, जून होइनन्
आकाश हुन,,धूल होइनन्
धर्ती हुन ,,यती थाहा छ
बस उनी मेरी हुन,,

उनी मेरी गीत हुन,
भाका,लय,धून हुन
अन्कुराउदै गरेकी बिऊ हुन,
सजाउन चाहन्छु म उनिलाई
आकाश भरी तारा सँगै
सारा धरोहरहरुका भित्तामा
कुची र क्यानभासमा
कबिहरुको कलमको नीबमा

हो उनी मेरी हुन
मेरी सपना अनी बिपना हुन
सम्झना कल्पना हुन,,
कोरा लाग्लिन जो कोहिलाई
तर पूर्ण हुँदैछिन,,फक्रदै छिन् उनी
शब्दका लालित्यहरुमा
दुर्गामी सोच बोकेर हिदैछिन् 

हरफहरुमा हुन्छिन
अनुछ्छेद्मा  रमाउछिन
कटुता र सत्यबादी छिन् उनी
छर्लङ छिन् उनी
पारदर्शी एेना जस्तै

हो उनी नै मेरी हुन
म नै उनको हुँं

हो,ठीक भन्नु भयो
सही सोच्नु भयो
उनी मेरी कबिता हुन्
म उनको अक्षर,,,शब्द

उनी मेरी कबिता हुन् ।।

जय कबिता
...............

श्रीभक्त पौडेल ¨आफन्त¨
प रामपुर चितवन


































 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...