Saturday, August 30, 2014

भो चाहिएन तिम्रो संघियता

भो चाहिएन तिम्रो संघियता कहर जस्तो
मतला मै काफिया नमिलेको बहर जस्तो

बगरेको भागबन्दी कही हड्डी कही बोसो
आतंक नै आतंक फैलिएको शहर जस्तो

जातियता गुटबन्दी जलाए भो दस्ताबेज
पानी बग्न नपाउदै पुरिएको नहर जस्तो

चुंडालेर लामो माला थुँगा थुँगा नपारे है
अरुबेला प्यारोलाग्ने सुनामी लहर जस्तो

अतिबादी उग्रबादी फस्टाउने हस्ताक्षर
संघियता आखिर भो घाँटिको जहर जस्तो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...