Friday, August 22, 2014

गजल - भाब पूरानै

मेरो घरको बाटो परे, फर्किएर जाउ है
पर बाट नजर जुधे, तर्किएर जाउ है

मेलापात साथीसंगी जम्काभेट होला पनि
बाटै छेकी रोकेर सोधे, झर्किएर जाउ है

दुईदिनको चोला भन्छन् एक्लै जिउन गाह्रो
आँखा लाउने देख्यौ भने, मर्किएर जाउ है

मेरो जिन्दगी भुले पनि दुलही बन्नै पर्छ
डोली सजाई लिन आए, लर्किएर जाउ है

तिम्रो जन्ती मेरो मलामी एउटै बाटो पर्ला
फूल अबिर कात्रो माथि,


छर्किएर जाउ है !!!

1 comment:

  1. माया मा हरेस खायेको भाव छ आफुले नै आहुती सबै दिये जस्तो लाग्यो भाइ माया मा सबै दिनु नै माया को जित हुन्छ , नौ मा नौ छ एक कम पनि छैन भाइ , भाव लीए मा भावना को गित जस्तो लाग्यो भाइ ,,,, जय नेपाल भाइ श्री

    ReplyDelete

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...